कठमाडौं- कोरोना संक्रमतिको स्वास्थ्य उपचारका लागि सबै मेडिकल कलेज र अस्पताल र २०० भन्दा बढी शय्या भएका अस्पतालहरुसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता गर्ने निर्णय भएको छ।
यस्तै स्थानीय तहमा भएका १५ शय्या सम्मका स्थानीय तहले सम्झौता गर्ने र प्रदेशका सामाजिक विकास मन्त्रालयले २०० शय्या भएका अस्पतालसँग आवश्यकताका आधारमा सम्झौता गर्ने निर्णय भएको हो।
कोरोना संक्रमितको व्यवस्थापन र उपचार गरी त्यसको सूची स्वास्थ्य मन्त्रालयको आपतकालिन कार्य सञ्चालन केन्द्रको इमेल ठेगानामा उपलब्ध गराउनुपर्ने निर्णय भएको छ।
यस्तै सबै अस्पतालहरुले कोरोना संक्रमितहरुको आकस्मिक उपचारको व्यवस्था मिलाउने र थप उपचार गर्नुपर्ने अवस्थामा सूचीकृत अस्पतालमा रेफर गर्दा सेवा उपलब्धताको अवस्था एकिन गरेर मात्र पठाउन पनि मन्त्रालयले निर्देशन दिएकाे छ।
सबै अस्पतालहरुले निशुल्क वा सशुल्क उपचार गरेपछि बिरामीको सम्पूर्ण विवरण अनिवार्य रुपमा स्वास्थ्य मन्त्रालयको वेवसाइडमा पठाउनुपर्ने निर्णय गरेको छ।