फाइल तस्बिर
काठमाडौं- प्रमुख शहरहरुमा कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिन मन्त्रिपरिषद्मा सिफारिस गरिएको छ।
आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले प्रमुख शहरहरुमा सक्रिय संक्रमितको संख्या ५०० पुगेमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो।
यस्तै, पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या २०० पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा लकडाउन गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ