काठमाडाैं- सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुलाई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्न निर्देशन दिएकाे छ।
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्न निर्देशन दिएकाे हाे।
यस्तै, पूर्व निर्धारित सबै परीक्षा अर्काे आदेश नभएसम्म स्थगित गरिएकाे सीसीएमसी सचिवालयका संयोजक डा खगराज बरालले जानकारी दिए।
