फाइल तस्वीर
काठमाडाैं- सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा अर्काे आदेश नभएसम्म स्थगित गरेको छ।
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
यस्तै, विद्यालय तथा शिक्षालयहरुलाई भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्न निर्देशन दिइएकाे छ।
