काठमाडौं- बाँकेका ७ वर्षिया बालिकासहित १२५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार पछिल्लो आज ७ वर्षिया बालिका र ७५ वर्षिया वृद्धासहित १२५ जना संक्रमित निको भएको जनाकारी दिए।
बाँकेमा हालसम्म पाँच हजार १२८ जना संक्रमित निको भएका छन्। बाँकेमा पछिल्लो समय संक्रमणले तिव्र रुप लिएपछि सोमबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ।
पछिल्लो समय संक्रमित बढेसँगै गम्भीर र मृत्यु हुने संक्रमितको संख्या पनि बढेको छ। हिजो मात्र बाँकेमा ४ महिला र ४ पुरुष सहित ८ जना संक्रमितको मृत्यु भएको डिसिसिएमसी बाँकेले जनाएको छ।
बाँकेमा हाल २ हजार २७८ जना सक्रिय सक्रमित रहेका छन्।