काठमाडौं - नेपाल फार्मेसी काउन्सिलले परीक्षार्थीले देशको जुनसुकै ठाउँबाट अनआइन मार्फत शुल्क बुझाउन सक्ने वयवस्था गरेको छ।
काउन्सिलले सोमबार इसेवासँग सम्झौता गरी देशको जुनसुकै ठाउँबाट आवेदन शुल्क अनलाइन मार्फत बुझाउन सक्ने व्यवस्था गरेको हो।
यसअघि उनीहरुले आवेदन शुल्क बैंक मार्फत भुक्तानी गर्नुपर्ने झन्झट थियो। विद्यार्थीको सहजताका लागि भन्दै अनलाइन पेमेन्टको व्यवस्था गरिएको काउन्सिलका रजिष्ट्रार सन्जिव कुमार पाण्डेयले बताए।
काउन्सिलमा दर्ता भएका फार्मेसी सहायक ८ हजार ७ सय ६५ र फर्मासिस्ट ४ हजार ७ सय १९ जना छन्।