काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल आइतबार (हिजो) सम्म नेपाल आइ बसेका नेपाली बाहेकलाई सः शुल्क पिसिआर परीक्षण गर्न प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।
मन्त्रालयले आइतबारसम्म नेपाल आई क्यारेन्टाइनमा बसेका तथा एयर बबल सुविधा अनुसार नेपाल आउनेहरुलाई सशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ।
मन्त्रालयले सोमबार एक सूचना जारी गरी नेपाललाई ट्रान्जिट बनाई अन्यत्र जाने नेपाली बाहेकको हकमा क्यारेन्टाइनमा बस्नेलाई मात्र सशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्रालयले आइतबार नेपाल ट्रान्जिट बनाई अन्यत्र जाने विदेशीको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालालाई परिपत्र गरेको थियो।
कोभिड १९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड १९ को परीक्षण सम्बन्धमा परीक्षणको दायरामा समावेश हुन छुटेका व्यक्तिको पिसिआर परीक्षणका लागि मन्त्रालयले सूचना जारी गरेको हो।