काठमाडौं - कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीर अस्पतालले कोभिड वार्ड विस्तार गर्दैछ। हाल छुट्याइएको शय्याले बिरामीको चाप थेग्न नसकेपछि वीर अस्पतालले कोभिड वार्ड विस्तार गर्न लागेको हो।
१८ शय्याको कोभिड वार्ड मंगलबारसम्म विस्तार गरिने अस्पतालका कोभिड फोकल पसर्न डा अच्युतराज कार्कीले बताए। उनका अनुसार बिरामीको चाप दैनिक बढ्न थालेपछि व्यवस्थापन गर्न समस्या अस्पताललाई समस्या भएको छ।
वीर अस्पतालले जटिल खालका बिरामीका लागि १० आइसियु र पाँच भेन्टिलेटरको व्यवस्था गरेको छ। तर आइसियु र भेन्टिलेटर भरिभराउ छन्। वीर अस्पतालमा हाल आठ जना आइसियु र तीन जना भेन्टिलेटरमा रहेको डा कार्कीले जानकारी दिए। आइसियु र भेन्टिलेटर सहित वीर अस्पतालमा हाल कुल ४१ जना संक्रमित उपचाररत छन्।
अस्पतालले कोरोना संक्रमित र शंकास्पद बिरामीका लागि आइसियु, भेन्टिलेटर र आइसोलेसन गरी कुल ७६ शय्याको व्यवस्था गरेको छ।