काठमाडौं - आज देशभर तीन हजार ५५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४ सय पिसिआर र ८९३ जनाको एन्टीजेन परीक्षण गर्दा तीन हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख ३ हजार ५६१ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ पुगेको छ।
आज देशभर ३७८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७७ हजार ९५१ संक्रमित निको भइसकेका छन्।
देशभर ६५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।