काठमाडौं - देशभर हाल करिब साढे तीन सय कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २६८ आइसियु र ७८ जना भेन्टिलेटरमा गरी ३४६ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ३१७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा २४ आइसियु र १ भेन्टिलेटरमा, प्रदेश २ मा ९ जना आइसियुमा छन्। बागमती प्रदेशमा ११९ आइसियु र ४९ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७५ जना आइसियु र २३ जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आइसियु र सुदूरपश्चिम प्रदेशमा २० जना आइसियु र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा १३७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। ६४४ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १० आइसियु, ८ भेन्टिलेटर र १२६ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा ४ जना आइसियु र २९ जना आइसोलेसनमा, वीर अस्पतालमा ५ आइसियु, २ भेन्टिलेटर र ४१ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ५ आइसियु र ५३ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० जना आइसियु, १० भेन्टिलेटरमा र ५३ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ४ आइसियु, ३ भेन्टिलेटर र ४२ जना आइसोलेसनमा, पाटन अस्पतालमा ९ आइसियु, ८ भेन्टिलेटर र ८८ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १ जना आइसियु र १८ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ६५ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ९ जना आइसियु र ३ जना भेन्टिलेटरमा र २१ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा १२ जना आइसियु, ४ जना भेन्टिलेटरमा र ६४ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा २५ आइसियु, ५ भेन्टिलेटर र ४४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।