काठमाडौं - गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये २० देखि २९ वर्षका ८६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कुल ३ हजार ५ सय ५६ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि पनि आइतबार २० देखि २९ वर्षका व्यक्ति सबैभन्दा बढी संक्रमित भएका थिए।
३० देखि ३९ वर्षका ८५०, ४० देखि ४९ वर्षका ६०७, ५० देखि ५९ वर्षका ४०५, १० देखि १९ वर्षका २७३, ६० देखि ६९ वर्षका २१६ जना संक्रमित छन्।
यस्तै, ७० देखि ७९ वर्षका १०१, नौ वर्ष मुनिका ६३, ८० देखि ८९ वर्षका ३२, ९० देखि एक सय वर्षका ५ र अज्ञात २७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।