काठमाडाैं- जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले जारी निषेधज्ञामा खाद्य सामग्रीका पसल 'दुई सिफ्ट'मा खेल्न दिने निर्णय गरेकाे छ।
प्रशासनले सोमबार साँझ जारी गरेको आदेशअनुसार खाद्य सामग्री पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्न दिइने भएकाे हाे।
यता, खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय भने २४ सै घण्टा खाेल्न दिइने जारी सूचनामा जनाइएकाे छर
डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न दिइनेछ।
खाद्य सामग्री, ग्रोसरी पसल,औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्न पनि प्रशासनले आग्रह गरेकाे छ।