काठमाडौं- कोरोना भाइरस संक्रमितको संख्या २०० नाघे पहाडी जिल्लामा समेत निषेधाज्ञा जारी हुने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सक्रिय संक्रमित २०० नाघे पहाडी जिल्लामा पनि निषेधाज्ञा जारी गर्न सकिने निर्णय गरेको हो।
पहाडी जिल्लामा सक्रिय संक्रमित नाघे सम्बन्धित जिल्लाको स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय)ले निषेधाज्ञा जारी गर्न सक्नेछ।