काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले देशभरका सम्पूर्ण विद्यालय (शिक्षण संस्था) बन्द गर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए। तर, विद्यालयहरु कहिलेदेखि बन्द हुनेछन् भन्ने विषय भने सरकारका प्रवक्ताले आधिकारिक रुपमा सार्वजनिक गर्ने उनको भनाइ छ।