काठमाडौं- धनकुटाको डाँडा बजार प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट राकेश राईको मोटरसाइकल दुर्घटनामा मुत्यु भएको छ।
२४ वर्षीय राईको वैशाख १३ गते मोटर साइकल दुर्घटना मृत्यु भएको थियो।
हेल्थ असिस्टेन्ट संघ नेपालले राईको निधन प्रति शोक व्यक्त गरेको छ। आज शोक वक्तव्य जारी गर्दै संघले राईको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै श्रद्धान्जली व्यक्त गरेको छ। राई नेपाल असिस्टेन्ट संघका सक्रिय सदस्य थिए।
