काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का बिरामी उपचार गर्न २५ देखि २ सय बेड सम्मका सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालसँग सम्झौता गरी पठाउन सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई परिपत्र गरेको छ।
स्वास्थ्य मन्त्रालयले वैशाल ८ गते २ सय भन्दा कम बेड क्षमता भएका अस्पतालले प्रदेश र २ सय बेड भन्दा माथि क्षमता भएका अस्पताले मन्त्रालयसँग सम्झौता गर्ने गरी सुचना जारी गरेको थियो।
यसरी कोराना संक्रमितका लागि उपचार गर्न सामाजिक विकास मन्त्रालयले सेवा सम्झौता गर्ने,अनुगमन गर्ने र सोधभर्ना भुक्तानीका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्नुपर्ने उक्त सुचनामा उल्लेख थियो।
स्वास्थ्य मन्त्राललले सामाजिक विकास मन्त्रालयहरुले आवश्यकताका आधारमा अस्पतालहरुसँग सम्झौता गरी [email protected] मा पठाउन अनुरोध गरेको छ।