काठमाडौं- नेपालका दश जिल्लामा पाँच सय र नाै जिल्लामा दुई सयभन्दा बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर ,ललितपुर र चितवनमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छ्न।
त्यसैगरी,गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देहीमा पाँच बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी, प्रदेश १ को सुनसरी, प्रदेश २ को बारा, बागमती प्रदेशको मकवानपुर, लुम्बिनी प्रदेशको पाल्पा, बर्दिया र कपिलवस्तुमा दुई सय बढी संक्रमित रहेका छन्।
कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कन्चनपुर र कैलालीमा दुई बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।
सरकारले पाँच सय बढी सक्रिय संक्रमित रहेका जिल्लामा सिडियोले निषेधाज्ञा जारी गर्न सक्ने अधिकार दिनुपर्ने कोभिड१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले सरकारलाई सिफारिस गरेको छ।