काठमाडौं– कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गम्भीर अवस्थाका कोरोना संक्रमितहरु पनि बढ्न थालेका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार मंगलबार आइसियु तथा भेन्टिलेटरमा उपचारत संक्रमितको संख्या झण्डै ४ सय पुग्न लागेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३९९ जना कोरोना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचारत छन्।
२१५ आइसियु र ८४ जना भेन्टिलेटरमा गरी ३९९ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा २६ आइसियु र १ भेन्टिलेटरमा, प्रदेश २ मा ८ जना आइसियुमा छन्। बागमती प्रदेशमा १५२ आइसियु र ५७ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७५ जना आइसियु र २१ जना भेन्टिलेटरमा, कर्णालीमा २९ जना आइसियु र सुदूरपश्चिम प्रदेशमा २० जना आइसियु र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमितको उपचार हुने काठमाडौं उपत्यकाक विभिन्न अस्पतालमा १५७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। यस्तै ६९६ जना आइसोलेसनमा उपचारत छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आइसियु, ८ भेन्टिलेटर र १२६ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा ४ जना आइसियु र २९ जना आइसोलेसनमा, वीर अस्पतालमा ६ आइसियु, १ भेन्टिलेटर र ४० जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ७ आइसियु र ८१ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना आइसियु, १० भेन्टिलेटरमा र ५५ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ६ आइसियु,४ भेन्टिलेटर र ४० जना आइसोलेसनमा, पाटन अस्पतालमा ९ आइसियु, ८ भेन्टिलेटर र ८८ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १ जना आइसियु, १ भेन्टिलेटर र १८ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ६५ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ९ जना आइसियु र ३ जना भेन्टिलेटरमा र २१ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा २० जना आइसियु, ४ जना भेन्टिलेटरमा र ६१ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा २६ आइसियु, ५ भेन्टिलेटर र ४५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।