काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ। गत २४ घण्टामा मात्र ४ हजार ५२४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २६ हजार २२५ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को इलाममा ३, उदयपुरमा ७, ओखलढुंगामा २,खोटाङमा २, झापामा १६, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ८६, संखुवासभामा ६, सुनसरीमा ५१ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा २७, पर्सा ६७, बारामा २६, महोत्तरीमा ९, रौतहटमा ११, सप्तरीमा १२, सर्लाहीमा १० र सिरहामा १६ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ६०२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ३१, चितवनमा ८०, दोलखामा ४, धादिङमा १५, नुवाकोटमा ११, भक्तपुरमा १२४, मकवानपुरमा ७२, रसुवामा १, रामेछापमा ११, ललितपुरमा २४०, सिन्धुपाल्चोकमा ११ र सिन्धुलीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १२९, गोरखामा १०, तनहुँमा १६, नवलपरासी पूर्वमा १४, पर्वतमा ४, मुस्ताङमा २, म्याग्दीमा ८, लमजुङमा ८, बागलुङमा ९ र स्याङजामा १४ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २३, कपिलवस्तुमा ३५, गुल्मीमा १६, दाङमा २३०, नवलपरासीमा २३, पाल्पामा ४५, प्युठानमा ८, बर्दियामा ८६, बाँकेमा ५१५, रुपन्देहीमा ३८३ र रोल्पामा ४ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा २, जुम्लामा ४, डोल्पामा १, दैलेखमा ९, रुकुम पश्चिममा ७, सल्यानमा ११ र सुर्खेतमा ७४ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ४६, कैलालीमा ३२, डडेल्धुरामा ११, डोटीमा १, दार्चुलामा १, बझाङमा २, बाजुरामा १ र बैतडीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।