कास्की– कास्कीमा आजबाट एक साताका लागि निषेधाज्ञा सुरु भएको छ। कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले हस्ताक्ष गरेको सूचनामा २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाइको छ।
आजदेखि निषेधाज्ञा सुरु भएसँगै बिहानैदेखि कास्कीको मुख्य शहरी क्षेत्र सुनसानप्रायः छ। मुख्य बजार पोखरामा अत्यावश्यक बाहेकका कुनैपनि पसलहरु खुलेका छैनन्। बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ पारिएको प्रहरीले जनाएको छ।
निषेधाज्ञाका क्रममा दैनिक उपभोग्य खाद्यवस्तु खरिदका लागि बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्मको समय तोकिएको छ। सिनेमा हल, नाचघर, दोहोरी साँझ, बार, डिस्को, सुनचाँदी पसल, रंगशाला, जिमखाना, सैलुन व्युटी पार्लर टेलरिङ जस्ता क्षेत्र भने खोल्न पाइने छैन।
अति आवश्यक सेवा बाहेक सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर लागू गरिएको छ।
विवाह, पूजाआजा जस्ता संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न रोक लगाइएको छ भने यस्ता कार्य घरमा गर्दास्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी १५ भन्दा बढी सहभागी नहुन भनिएको छ।
बैंक तथा वित्तिय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नु पर्ने र होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्ने प्रशासनले जनाएको छ।