काठमाडाैं- कोरोना संक्रमणको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित बनेको बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
विगत दुई सातामा मात्रै स्वास्थ्यकर्मीसहित ७३ जनामा संक्रमण देखिएको भेरी अस्पताल प्रशासनले जानकारी गराएको छ। संक्रमितमा महिलाहरूको संख्या बढी छ। जसमा महिला ४४ (६०.३ प्रतिशत) र पुरुष २७ (३९.७ प्रतिशत) मा संक्रमण देखिएको छ।
अस्पतालका अनुसार ३३ जना नर्सलाई पनि कोरोना संक्रमण देखिएको छ। सबैभन्दा बढी संक्रमित नर्स भएका छन्। क्लिनर र हेल्परमा २२ जना संक्रमित भएका छन्।
चिकित्सक र प्यारामेडिक्स ( एचए/अहेव)मा ८/८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रशासनमा कार्यरत दुई कर्मचारीलाई पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ।