काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ। गत २४ घण्टामा ४ हजार ८ सय ९७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३० हजार २ सय ९ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को इलाममा ३, उदयपुरमा २, खोटाङमा २, ओखलढुंगामा १, झापामा ४०, ताप्लेजुङमा १३, धनकुटामा १, मोरङमा १२८, सुनसरीमा ४९ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा ५३, पर्सा १२३, बारामा ४१, महोत्तरीमा १७, रौतहटमा २३, सप्तरीमा ७, सर्लाहीमा १० र सिरहामा १७ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १४६४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ५०, चितवनमा १४७, दोलखामा ६, धादिङमा २२, नुवाकोटमा २५, भक्तपुरमा २३२, मकवानपुरमा ४, रसुवामा १, रामेछाप ८, ललितपुरमा ३५१, सिन्धुपाल्चोकमा १७ र सिन्धुलीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८२, गोरखामा ६१, तनहुँमा १५, नवलपरासी पूर्वमा १८, पर्वतमा ११, मुस्ताङमा १, म्याग्दीमा १३, लमजुङमा १, बागलुङमा २१ र स्याङजामा २१ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २०, कपिलवस्तुमा ४६, गुल्मीमा १८, दाङमा १८०, नवलपरासीमा २८, पाल्पामा २८, प्युठानमा ८, बर्दियामा २८, बाँकेमा ३२८, रुकुम पूर्वमा ५, रुपन्देहीमा ४३४ र रोल्पामा ९ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ५, जाजरकोटमा ८, जुम्लामा ८, डोल्पामा १, दैलेखमा ५, मुगुमा २, रुकुम पश्चिममा ३, सल्यानमा ५ र सुर्खेतमा १३२ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा २४, कैलालीमा १९४, डडेल्धुरामा १२, डोटी २, दार्चुलामा १, बझाङमा २ , बाजुरामा १ र बैतडीमा २२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।