काठमाडौं- सरकारले स्वास्थ्य सेवा तर्फका १५ जनालाई ११औं तहमा बढुवा गरेको छ। मन्त्रिपरिषदको बैठकले १३ जना डाक्टरसहित १५ जनालाई बढुवा गरेको हो।
मन्त्रिपरिषदले डा विमल शर्मा चालिसे, डा सूर्यबहादुर हमाल ठकुरी, डा जीत नारायण प्रसाद यादव, डा विनोद शेरचन, डा केशव पौडेल, डा हेन्सन खड्का, डा सुनिल कुमार शाह, डा विना प्रजापति मानन्धर, डा सुनिलमणि पोखरेल, डा राजेश अधिकारी, डा प्रकाश प्रसाद साह, डा रोशन न्यौपाने, डा पवनजंग रायमाझी, केशवराज पण्डित र विजयकुमार झालाई बढुवा गर्ने निर्णय गरेको हो।