काठमाडाैं- लुम्बिनी प्रदेशमा हालसम्म ६६९ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। अहिले यो प्रदेशमा १६ जना स्वास्थ्यकर्मी सक्रिय संक्रमित रहेका छन्।
कोरोनाको दोस्रो लहरका क्रममा सबैभन्दा धेरै कपिलवस्तुका स्वास्थ्यकर्मी संक्रमित भएका छन्। कपिलवस्तुमा हालसम्म ८८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
दोस्रो लहरपछि मात्र १० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। बर्दियामा चार र अर्घाखाँचीमा २ स्वास्थ्यकर्मी संक्रमित भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
संक्रमित भएका स्वास्थ्यकर्मीमध्ये ६४८ जना निको भएका छन्। अहिलेसम्म कपिलवस्तुमा ८८, दाङ ६३, पाल्पा ९१, बाँके १५९, गुल्मी १०, अर्घाखाँची २४, रुपन्देही ११३, प्युठान ३६, बर्दिया ५५, नवलपरासी (पश्चिम) २८, रोल्पा १ र रुकुम पूर्वमा एक जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।