काठमाडौं - देशभर हाल करिब साढे चार सय कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ३३७ आइसियु र १०७ जना भेन्टिलेटरमा गरी ४४४ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ३६ आइसियु र ६ भेन्टिलेटरमा, प्रदेश २ मा १० जना आइसियुमा छन्। बागमती प्रदेशमा १५६ आइसियु र ६७ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८७ जना आइसियु र २१ जना भेन्टिलेटरमा, कर्णालीमा २३ जना आइसियु र ५ जना भेन्टिलेटरमा सुदूरपश्चिम प्रदेशमा २० जना आइसियु र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा १७२ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। ८८९ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आइसियु, ८ भेन्टिलेटर र १४० जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा ४ जना आइसियु र २९ जना आइसोलेसनमा, वीर अस्पतालमा ५ आइसियु, २ भेन्टिलेटर र ५० जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ४ आइसियु र ९४ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १५ जना आइसियु, १२ भेन्टिलेटरमा र ६० जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा १५ आइसियु, ६ भेन्टिलेटर र १०४ जना आइसोलेसनमा, पाटन अस्पतालमा १० आइसियु, ८ भेन्टिलेटर र ९० जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १ जना आइसियु र २४ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ९९ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना आइसियु र ८ जना भेन्टिलेटरमा र ३८ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा १० जना आइसियु, ४ जना भेन्टिलेटरमा र ७९ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा २५ आइसियु, ७ भेन्टिलेटर र ४४ जना आइसोलेसनमा, स्टा अस्पतालमा ६ आइसियु, १ भेन्टिलेटर र २१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।