काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ। गत २४ घण्टामा ४ हजार ९२८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३४ हजार ११७ जना सक्रिय संक्रमित छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १२ हजार ५९७ जनाको पिसिआर परीक्षण गरिएको थियो। ती मध्ये ४हजार ८३१ जनामा कोरोना पोजिटिभ देखिएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआर पोजिटिभ हुनेमा प्रदेश १ को उदयपुरमा ५, ओखलढुंगामा ४ , खोटाङमा १, झापामा ६०, ताप्लेजुङमा ८, धनकुटामा ३, भोजपुरमा १, मोरङमा १३७, संखुवासभामा १, सुनसरीमा ५४, सोलुखुम्बु १ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा ६०, पर्सा १५०, बारामा ३०, महोत्तरीमा २४, रौतहटमा २१, सप्तरीमा ८, सर्लाहीमा २१ र सिरहामा १२ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ११२७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ५१, चितवनमा १३०, दोलखामा ९, धादिङमा १७, नुवाकोटमा ३५, भक्तपुरमा १८२, मकवानपुरमा ४, रसुवामा ११, रामेछाप १९, ललितपुरमा २५२, सिन्धुपाल्चोकमा २१ र सिन्धुलीमा २५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ११२, गोरखामा १९, तनहुँमा ९, नवलपरासी पूर्वमा २७, पर्वतमा ५, मनाङ १, म्याग्दीमा ५, लमजुङमा ९, बागलुङमा ७ र स्याङजामा १८ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १८, कपिलवस्तुमा ४१, गुल्मीमा २६, दाङमा १८१, नवलपरासीमा ४१, पाल्पामा ८६, प्युठानमा ११, बर्दियामा २४, बाँकेमा ४८९, रुकुम पूर्वमा ३, रुपन्देहीमा ५२८ र रोल्पामा ३ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा ३, जुम्लामा १४, डोल्पामा १, दैलेखमा ६, रुकुम पश्चिममा ५, सल्यानमा १२ र सुर्खेतमा १३६, हुम्लामा १ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १३, कञ्चनपुरमा ६३, कैलालीमा ३३९, डडेल्धुरामा ८, डोटी ३५, दार्चुलामा २, बझाङमा ९ , बाजुरामा १ र बैतडीमा ३० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।