काठमाडौं–बाँ केमा बिहीबार एकै दिन ११ कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाका विभिन्न अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष रहेको उनले बताए।
त्यसैगरी कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको उनले जानकारी दिए।
यसैगरी, बाँकेमा उपचारका लागि आएका बर्दिया बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुष, कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिकाका ५१ वर्षीय महिलाको पनि मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए।