काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्लामा रहेका एम्बुलेन्सहरूलाई एकीकृत रुपमा परिचालन गर्न अनुराेध गरेको छ।
कोभिड-१९ को संक्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौती देखिएको भन्दै मन्त्रालयले यस्तो अपील गरेको हो।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरूलाई जिल्लाभित्र एकीकृत रुपमा परिचालन गर्न भनेको छ।
सबै जिल्ला प्रशासनले एम्बुलेन्सलाई एकीकृत रुपमा परिचालन गरेर सेवाग्राहीलाई सहज हुने गरी ठाउँअनुसार १०२ नम्बर वा प्रादेशिक आपतकालीन कार्यसंचालन केन्द्रमार्फत् सेवा प्रदान गर्ने व्यवस्था गर्न भनेको छ।
