काठमाडौं- महामारीसँग सम्बन्धित कुनै समस्या भए नजिकका जनप्रतिनिधिलाई सम्पर्क गर्न काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आग्रह गरेका छन्।
कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले कुनै समस्या भए प्रमुख, उपप्रमुख वा अन्य जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका हुन्।
जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क नं सार्वजनिक गरिएको बताउँदे उनले नगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आए वा कोभिडबाहेकका बिरामीले उपचारका लागि अस्पताल जानुपर्ने भएमा सम्पर्क गर्न आग्रह गरे।
हटलाइन टेलिफोन नं ११८० मोबाइल नं ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह छ।