काठमाडौं - देशभर हाल पाँच सय बढी कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ४०१ आइसियु र ११० जना भेन्टिलेटरमा गरी ५११ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ४६ आइसियु र १० भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा १९६ आइसियु र ६३ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७७ जना आइसियु र १९ जना भेन्टिलेटरमा, कर्णालीमा ३१ जना आइसियु र ७ जना भेन्टिलेटरमा सुदूरपश्चिम प्रदेशमा २२ जना आइसियु र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा १९० जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। ८८९ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १२ आइसियु, ७ भेन्टिलेटर र १६२ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा ५ जना आइसियु र ७१ जना आइसोलेसनमा, वीर अस्पतालमा ६ आइसियु, २ भेन्टिलेटर र ५७ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ५ आइसियु र ८३ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना आइसियु, १२ भेन्टिलेटरमा र ५७ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा १५ आइसियु, ५ भेन्टिलेटर र १२६ जना आइसोलेसनमा, पाटन अस्पतालमा ९ आइसियु, ९ भेन्टिलेटर र ९० जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसियु र ३३ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १२७ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७ जना आइसियु र ८ जना भेन्टिलेटरमा र ३९ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा २० जना आइसियु, ४ जना भेन्टिलेटरमा र ८८ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा २५ आइसियु, ७ भेन्टिलेटर र ४७ जना आइसोलेसनमा, स्टार अस्पतालमा ६ आइसियु र १४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।