काठमाडौं - गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका १ हजार ४ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कुल ५ हजार ७ सय ६३ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२० देखि २९ वर्षका १ हजार ३ सय ४६, ४० देखि ४९ वर्षका १ हजार ८३, ५० देखि ५९ वर्षका ७४३, १० देखि १९ वर्षका ३३५, ६० देखि ६९ वर्षका ३८६ जना संक्रमित छन्।
यस्तै, ७० देखि ७९ वर्षका १५१, नौ वर्ष मुनिका १०३, ८० देखि ८९ वर्षका ५०, ९० देखि एक सय वर्षका ८ र अज्ञात ६० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।