काठमाडाैं- नेकपा (एमाले)का बरिष्ठ नेता झलनाथ खनाललाई काेराेना संक्रमण भएकाे छ।
पखाला लागेपछि मनमाेहन अस्पताल भर्ना भएका खनालकाे पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएकाे हाे।
संक्रमण पुष्टि भएसँगै उनलाई मनमाेहनबाट नर्भिक अस्पताल ल्याइएको छ।
‘उहाँलाई कोरोना संक्रमण भएपछि केहीबेर अगाडि अस्पताल ल्याइएको हो। उहाँ भर्ना भइसक्नु भएको छ,’ एक चिकित्सकले भने।