नेपालगन्ज- बाँकेमा आज १४ महिनाको बालकसहित ३०५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। निकाे हुनेमा १४ महिनाका बालक पनि रहेका छन्।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेका पर्सन तेजबहादुर वलीका अनुुसार १४२ महिला र १६३ महिला संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्।
फोकल पर्सन वलीका अनुसार बाँके जिल्लाभर शनिबारसम्म ३ हजार ५६९ सक्रिय संक्रमित रहेका छन्।