नेपालगन्ज- बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका पर्सन तेजबहादुर वलीका अनुुसार कोहलपुर नगरपालिका २ का ६९ वर्षिया महिलाको होम आइसोलेसन आज मृत्यु भएको छ। उनलाई अस्पताल लैजादै गर्दा मृत्यु भएको बताइएको छ। उनको नेपालगन्ज मेडिकल कलेजमा परीक्षण गर्दा वैशाख १५ गते कोरोना पुष्टि भएको थियो।
त्यसैगरी, वैजनाथ गाउँपालिका ७ बाँकेका ५८ वर्षिय महिलाको आज बिहान नेपालगन्ज नर्सिङ होममा मृत्यु भएको छ। उनको वैशाख १५ गते नेपालगन्ज मेडिकल कलेजमा परीक्षणमा कोरोना पोजिटिव आएको थियो।
जानकी गाउँपालिका ४ की २३ वर्षिय महिलाको भेरी अस्पतालमा आज बिहान मृत्यु भएको छ। उनको १७ गते भेरी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण पोजिटव आएको थियो।
भेरी अस्पतालमा उपचाररत बागचौर नगरपालिका १२ का ५२ वर्षिय पुरुषको आज बिहान मृत्यु भएको बताइएको छ। वैशाख १३ गते भेरी अस्पतालमा पिसिआर गर्दा कोरोना पुष्टि भएको थियो। उनी वैशाख १४ गते भेरी अस्पतालमा भर्ना भएका थिए।