काठमाडौं– कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र धादिङले वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।
आइतबार बसेको केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेध आदेश जारी गर्ने निर्णय भएको हो।
निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिद जस्ता अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह समेत गरिएको छ।
यस्तै जिल्ला अस्पताल धादिङमा कोरोना संक्रमतिको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग एनेस्थेसिया तथा इन्टरनल मेडिसिनका विशेषज्ञ एक/एक जना र ७ जना मेडिकल अफिस माग गर्ने निर्णय समेत भएको छ।