काठमाडौं- नेपालका १२ जिल्लामा पाँच सयभन्दा बढी र १८ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर र चितवनमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छ्न।
त्यसैगरी,गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको पनि पाँच सय बढी सक्रिय संक्रमित पुगेका छन्।
त्यसैगरी, प्रदेश १ को सुनसरी र झापा, प्रदेश २ को बारा,धनुषा र रौतहट, बागमती प्रदेशको मकवानपुर,काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङ, गण्डकी प्रदेशको गोरखा, नवलपरासी (पूर्व) र बागलुङ, लुम्बिनी प्रदेशको पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी –पश्चिम) र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन्।
सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।