काठमाडौं- देशभर ६०८ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर रहेका ४८ हजार ७११ सक्रिय संक्रमित मध्ये ६०८ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४७७ जना आइसियु र १३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा छन्। बागमतीमा आइसियुमा २५४ र भेन्टिलेटरमा ७७ जना संक्रमित उपचाररत छन्।
प्रदेश १ मा ५४ जना आइसियु र १४ जना भेन्टिलेटरमा, प्रदेश २ मा २४ जना आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा ७७ जना आइसियु र २१ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ३३ जना आयुसियु र ७ जना भेन्टिलेटरमा र सुदुरपश्चिम प्रदेशमा ३० जना आइसियु र ९ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।
उपत्यकामा १६० जना आइसियु र ५२ जना भेन्टिलेटरमा
सबैभन्दा धेरै संक्रमित रहेको काठमाडौं उपत्यकामा अस्पताल अनुसार सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा १२ जना आइसियु र ६ जना भेन्टिलेटर, वीरेन्द्र अस्पताल छाउनीमा ५ जना आइुिसयु, वीर अस्पतालमा ७ जना आइसियु र १ जना भेन्टिलेटरमा र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु र ११ जना भेन्टिलेटर उपचाररत छन्।
त्यसैगरी, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ३५ जना आइसियु र ७ जना भेन्टिलेटरमा, पाटन अस्पतालमा ९ जना आइसियु र ९ जना भेन्टिलेटरमा, निजामती अस्पतालमा १४ जना आइसियुमा, भक्तपुर अस्पतालमा ४ जना आइसियु र २ जना भेन्टिलेटरमा, ग्राण्डी अस्पतालमा १३ जना आयसियु र ५ जना भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा १८ जना आइसियु र ५ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा २६ जना आइसियु र ६ जना भेन्टिलेटरमा र स्टार अस्पतालमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत छन्।