काठमाडौं– कोरोना संक्रमित नर्सहरुलाई स्वास्थ्य उपचारका लागि समस्या भएमा नर्सिङ संघले उपचारको लागि समन्वय गर्ने भएको छ।
नेपाल नर्सिङ संघले कोरोना संक्रमित नर्सहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समन्वय समिति गठन गरेको छ। नर्वदा थापाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो।
समितिमा मिना बाँनिया, विजया अधिकारी, सपना विश्वकर्मा, अम्बिका पौडेल, सीता केसी र हरी प्रसाद कोजुलाई सदस्य तोकिएको छ।
नेपालमा कोरोना संक्रमितको दोस्रो लहर आएसँगै ड्युटीमा खटिने नर्सहरुलाई संक्रमण हुन सक्ने जोखिम रहेकाले उपचारको आवश्यकता परेमा सो समितिका संयोजक तथा सदस्यहरुलाई सम्पर्क गर्न सक्नेछन्।
यस्तै, उपत्यका बाहिरको हकमा संघका जिल्ला शाखा ईकाईहरुमा सम्पर्क गर्न सकिने संघले जनाएको छ।
यी हुन् नम्बर
नर्वदा थापा संयोजकः ९८५११४६६३०
मिना बाँनिया सदस्यः ९८६०७४६१३६
बिजया अधिकारी सदस्यः ९८५१२२०६४७
सपना विश्वकर्मा सदस्यः ९८५१२२४२८९
अम्बिका पौडेल सदस्यः ९८४१८१९९८९
सीता केसी सदस्य ९८४१८८९१३२
हरी प्रसाद कोजु सदस्यः ९८५१०९४१७२