नेपालगन्ज- बाँकेमा वैशाख १३ देखि २० गतेसम्म जारी गरिएको निषेधाज्ञा वैशाख २७ गते राती १२ बजेसम्मका लागि लम्बाइएको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज सुचना जारी गर्दै कोरोना संक्रमितको संख्यामा कमी नआएको भन्दै थप एक हप्तालाई निषेधाज्ञा लम्बाइएको जनाएका छन्।
निषेधाज्ञा जारी भएपनि बाँकेमा संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। संक्रमण बढेसँगै सिकिस्त बिरामी र मृत्यु हुने संक्रमितको संख्या पनि बढिरहेको छ।
निषेधाज्ञाका क्रममा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, प्रेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंक,(एटिएम लगायत सिमित संख्याका कर्मचारी दैनिक कम्तिमा ३ घण्टा) जस्ता अत्यावश्यक सेवाहरु एवम् सार्वजनिक निर्माण कार्य (कामदारहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डसहित निर्माण स्थलमै राख्ने गरी) संचालन गर्न पाइने बताइएको छ।
