फाइल तस्बिर
काठमाडौं - निजामती अस्पताल (सिभिल) मा ५० शय्याको कोभिड १९ केयर युनिट सञ्चालन हुने भएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंले कोभिडका बिरामीको उपचारका लागि कम्तीमा ५० शय्याको कोभिड-१९ केयर युनिट सञ्चालन गर्न अस्पतालसँग सम्झौता गरेको छ। स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्का र अस्पतालका कार्यकारी निर्देशक प्राडा विधान निधी पौडेल बीच कोभिड १९ युनिट सञ्चालन गर्ने लगायत सात बुँदे सम्झौता भएको हो।
सम्झौता अनुसार अस्पतालले तोकिएको ढाँचामा उपचाररत बिरामीहरुको दैनिक अनलाइन प्रतिवेदन स्वास्थ्य कार्यालयलाई बझाउनुपर्नेछ।
उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्य उपचारका लागि ३५ सय, मध्यम उपचारको सात हजार, गम्भीरका लागि १५ हजार प्रति बिरामी प्रति दिनका हिसाबले हरेक महिना सोधभर्ना भुक्तानीका लागि सामाजिक विकास मन्त्रालयमा सिफारिस उल्लेख छ।
कुनै बिरामीले आफ्नै खर्चमा क्याबिन सुविधा सहितको उपचार गर्न चाहेमा अस्पतालले तोकेको खर्चमा अधिकतम ५० प्रतिशत थप गरी शुल्क लिन पाउने, अस्पतालले शोध भर्ना भुक्तानीबाट प्राप्त रकममध्येबाट स्वास्थ्यकर्मी/कर्मचारीको जोखिम भत्ता पहिलो प्राथमिकतामा राख्नुपर्ने सम्झौता भएको छ।
