काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको कोभिड–१९ घातक रहेको बताएका छन्।
सोमबार राष्ट्रका नाममा सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले ८७ स्थानमा कोभिडको परीक्षण गरिएको बताएका छन्। ३ लाख ७० हजारले दोस्रो डोज लगाएका उनले जानकारी दिए।
कोभ्याक्ससँग छिटो खोप ल्याउन सरकार प्रयत्नरत रहेको प्रधानमन्त्रीले बताए। यसका साथै कोभिड खोप खरिदका लागि पनि सरकारले पहल गरिरहेको जानकारी दिए।
सरकारका सबै संयन्त्र परिचालित गरिएको ओलीले बताए। सातै प्रदेशमा सात मन्त्रीलाई फोकल व्यक्ति खटाइएको उनले जानकारी दिए।