काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।
कोरोना भाइरस महामारीले समग्र क्षेत्रमा प्रभाव पारेपनि सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि ओलीले दाबी गरे। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले काठमाडौंमा १ हजार शय्याको अस्थायी कोभिड अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिइएको पनि बताए।
प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिट्री अस्पतालसहित काठमाडौं उपत्यका धेरै शय्या भएका ठूला सरकारी र निजी अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने पनि बताए।