काठमाडौं- कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अवकास प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। कोरोना भाइरस महामारीले समग्र क्षेत्रमा प्रभाव पारेपनि सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि ओलीले दाबी गरे।
प्रधानमन्त्री ओलीले काठमाडौंमा १ हजार शय्याको अस्थायी कोभिड अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिइएको पनि बताए।
प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिट्री अस्पतालसहित काठमाडौं उपत्यका धेरै शय्या भएका ठूला सरकारी र निजी अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने पनि बताए।
उनले कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका छन्।