नेपालगन्ज- बाँकेमा कोरोना संक्रमण भई उपचार पछि ३४५ जना निको भई डिस्चार्ज भएका छन्।
जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार एक वर्षे बालक सहित १९० पुरुष र १५५ जना महिला संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।
फोकल पर्सन वलीका अनुसार वैशाख १ गतेदेखि १९ गतेसम्म ५ हजार ३९३ संक्रमितमध्ये १ हजार ६२४ जना व्यक्ति संक्रमणमुक्त भएका छन्। जसमा ७२३ महिला र ९०१ पुरुष रहेका छन्।