काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ। गत २४ घण्टामा मात्र ७ हजार ४ सय ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को इलाममा ४, उदयपुरमा १२, ओखलढुंगामा २, खोटाङमा ६, झापामा ४८, ताप्लेजुङमा ४, तेह्रथुममा ५, धनकुटामा १०, पाँचथरमा ३, भोजपुरमा ४, मोरङमा ३६२, संखुवासभामा १३, सुनसरीमा ११२ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा ९७, पर्सा ९७, बारामा १८, महोत्तरीमा ३०, रौतहटमा १७, सप्तरीमा २१, सर्लाहीमा २० र सिरहामा २७ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ९ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ११९, चितवनमा १७५ दोलखामा २, धादिङमा २५, नुवाकोटमा ३९, भक्तपुरमा २२२, मकवानपुरमा ४४, रसुवामा ४, रामेछापमा १०, ललितपुरमा ५२२, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३५५, गोरखामा ३१, तनहुँमा १८, नवलपरासी पूर्वमा २४, पर्वतमा १४, मुस्ताङमा २, म्याग्दीमा २४, लमजुङमा २०, बागलुङमा ९ र स्याङजामा ३१ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ११५, गुल्मीमा १९, दाङमा १०२, नवलपरासीमा ४२, पाल्पामा ९३, प्युठानमा ८, बर्दियामा ४४, बाँकेमा ४४०, रुकुम पूर्वमा २, रुपन्देहीमा ६१९ र रोल्पामा १० जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा १५, दैलेखमा ५, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा १२, सुर्खेतमा ३ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ६०, कैलालीमा १२७, डडेल्धुरामा २६, डोटीमा २, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा २८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।