काठमाडौं- संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका सभामुख, सांसद र सचिवालयका कर्मचारीको वैशाख २२ र २३ गते कोरोना परीक्षण गरिने भएको छ।
पीसीआर परीक्षणका लागि उक्त दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नयाँ बानवेश्वरस्थित् संसद भवनमा अनिर्वाय उपस्थित हुन अनुरोध गरिएको छ।
वैशाख २७ गते संसद अधिवेशन बोलाइएकाले सांसद र कर्मचारीहरूको कोरोना परीक्षण गर्न लागिएको हो।
सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको पनि कोरोना परीक्षण गरिने बताइएको छ।
