काठमाडौं– कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएपछि अस्पताल भर्ना भएका नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको अक्सिजनमा राखेर उपचार भइरहेको जनाइएको छ।
नेता खनाल कोरोना संक्रमण देखिएपछि शनिबार साँझ नर्भिक अस्पताल भर्ना भएका थिए। अस्पतालले मंगलबार दिउँसो एक वक्तव्य जारी गर्दै नेता खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको जनाएको छ।
अस्पताल प्रशासनले खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पनि जानकारी दिएको छ।
'कोरोना संक्रमण भइ गत शनिबार नर्भिक अस्पतालमा भर्ना हुनुभएका खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ। उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छु', नर्भिक अस्पतालले भनेको छ।