काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त स्थानहरुमा कन्ट्याक ट्रेसिङको काम सघन रुपमा गर्न स्थानीय तहलाई आग्रह गरेको छ।
कोरोनाको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जोखिमयुक्त क्षेत्रमा कन्ट्याक ट्रेसिङ कडाईका साथ गर्न स्थानीय तहलाई आग्रह गरेको हो। मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउन पनि स्थानीय तहहरुलाई भनेको छ।
उनले भने, स्थानीय तहरुलाई जोखिमयुक्त स्थानहरुमा कन्ट्याक ट्रेसिङ सघन रुपमा गरी नमूना संकलन गरी कोभिड परीक्षणको दायरा बढाउने व्यवस्था गर्न अनुरोध गरेका छौँ।