काठमाडौं - देशभर हाल साढे सात सय बढी कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६ सय आइसियु र १५६ जना भेन्टिलेटरमा गरी ७५६ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ९९ आइसियु र २० भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३०१ आइसियु र ८८ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ४४ जना आइसियु र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७६ जना आइसियु र २३ जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आइसियु र १० जना भेन्टिलेटरमा सुदूरपश्चिम प्रदेशमा २३ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २५३ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। १ हजार १ सय २० जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आइसियु, ८ भेन्टिलेटर र १७० जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा १९ जना आइसियु र ६४ जना आइसोलेसनमा, वीर अस्पतालमा ५ आइसियु, ३ भेन्टिलेटर र ९६ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ४ आइसियु र ९० जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १२ जना आइसियु, १० भेन्टिलेटरमा र ७२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३५ आइसियु, ७ भेन्टिलेटर र १४६ जना आइसोलेसनमा, पाटन अस्पतालमा ११ आइसियु, १० भेन्टिलेटर र ९८ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसियु र ५ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ६ आइसियु, ८ भेन्टिलेटर र ६६ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १३७ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १० जना आइसियु र ४० जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा २१ जना आइसियु, ६ जना भेन्टिलेटरमा र ८७ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ४२ आइसियु, ११ भेन्टिलेटर र ४९ जना आइसोलेसनमा, स्टार अस्पतालमा १० आइसियु, १० भेन्टिलेटर र २७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।