काठमाडौं - गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कुल ८ हजार ६ सय ५९ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२० देखि २९ वर्षका २ हजार ५१, ४० देखि ४९ वर्षका १ हजार ५ सय ५३, ५० देखि ५९ वर्षका १ हजार १ सय ७३, १० देखि १९ वर्षका ५२४, ६० देखि ६९ वर्षका ५९० जना संक्रमित छन्।
यस्तै, ७० देखि ७९ वर्षका २३७, नौ वर्ष मुनिका २१३, ८० देखि ८९ वर्षका ८६, ९० देखि एक सय वर्षका ९ र अज्ञात ६६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।